राजनीति

दाहालको दाबी: मलाई प्रधानमन्त्रीबाट हटाउँदा विश्वको ध्यान तानिएको छ

फाइल।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्रीबाट हटाउँदा विश्वको ध्यान तानिएको दाबी गरेका छन्।

शनिबार माओवादी केन्द्रका चितवन–काठमाडौं समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले विश्व समुदायले यति चाँडै आफू प्रधानमन्त्रीबाट हट्ने विश्वास नलिएको दाबी गरे।

‘म यति चाँडो प्रधानमन्त्री हट्छु भनेर विश्व समुदायले विश्वास गरेको थिएन। हुन त यसो भन्दा बढी गफ गर्‍यो ठान्नुहोला,’ अध्यक्ष दाहालले भने, ‘मलाई यसरी प्रधानमन्त्रीबाट हटाउँदा विश्वको ध्यान तानिएको छ।’

बेलायतका राजदूतले त आफूलाई प्रधानमन्त्रीबाट हटाइसकेपछि पनि प्रधानमन्त्रीकै हैसियतमा पत्र दिएको समेत दाबी गरे। ‘म प्रधानमन्त्री हटेपछि उहाँले एक पत्र ल्याएर आउनुभो। मैले प्रधानमन्त्री म होइन प्रधानमन्त्रीलाई दिनुस् भनेँ। उहाँले तपाई प्रधानमन्त्री भए पनि नभए पनि त्यो हैसियतभन्दा माथिको मान्छे हो भनेर भन्नुभयो,’ दाहालले भने।

प्रकाशित: ५ आश्विन २०८१ १५:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App