राजनीति

संविधानका प्रगतिवादी कुरालाई पश्चगामी ढंगले संशोधन गरे अर्को जनआन्दोलन हुन्छः झलनाथ खनाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले संविधान भित्रका समाजवादी पक्षहरुलाई तलमाथि हुनेगरी संशोधन गरे राष्ट्रव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन  । उनले संविधान बनाएको ९ वर्ष पूरा भएको भन्दै संविधान संशोधन गर्ने नाममा समाजवादी पक्षहरुलाई तलमाथि गर्नेकुरा सह्य नहुने बताए । उनले संविधान एउटा सम्झौता भएकाले संविधानको रक्षाका लागि आन्दोलन गर्ने घोषणा गरे । उनले संविधानमा भएका पुँजीवादी र काम नलाग्ने कुरालाई हटाउन आवश्यक रहेको बताए ।

काम नलाग्ने कुराहरुलाई क्रमिक रुपले संशोधन गर्दै जानुपर्ने बताए। उनले संविधानमा भएका प्रगतिवादी कुराहरुमध्ये कुनैपनि कुराहरुलाई पश्चगामी ढंगले संशोधन गर्न प्रयत्न गरे देशमा अर्को जनआन्दोलन निम्तिने बताए। पूर्वप्रधानमन्त्री खनालले पार्टीलाई नयाँ ढंगले निर्माण गर्नुको विकल्प नरहेको बताए ।

प्रकाशित: ४ आश्विन २०८१ १५:०० शुक्रबार