राजनीति

आज चार समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ। बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुने कार्यसूची रहेको छ।

यस्तै बिहान ११ः ३० बजे विधायन व्यवस्थापन समितिको बैठक बस्ने छ। बैठकमा कार्यपरामर्श उपसमिति पुनर्गठन र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ।

त्यसअघि बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ। बैठकमा राष्ट्रिय निकुञ्जको अवलोकन सम्बन्धी छलफल हुनेछ।

त्यसैगरी दिउँसो १ बजे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बोलाइएको छ। बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल हुनेछ।  

प्रकाशित: ४ आश्विन २०८१ ०९:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App