राजनीति

सिके राउतको परिवार विवाद उत्कर्षमा, पतिपत्नी नै सुरक्षा माग्दै प्रहरीमा

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको पारिवारिक विवाद उत्कर्षमा पुगेको पाइएको छ। अध्यक्ष राउतले सम्बन्धविच्छेदको मुद्दा दायर गरिसकेपछि पनि दुबै जनाबीचको विवाद रोकिएको छैन।

दुबैजना एकअर्काका कारण आफूलाई असुरक्षा भएको भन्दै प्रहरीकहाँ पुगेका छन्। ललितपुर प्रहरीका अनुसार अध्यक्ष राउतले केही दिन अघि प्रहरी प्रभाग इमाडोल पुगेर पत्नी सोनी सिन्धु रानीबाट आफू असुरक्षित रहेको भन्दै शान्ति सुरक्षाको माग गरेर निवेदन दिएका थिए।

बिहीबार राउतपत्नी सिन्धु पनि पति राउतबाट आफू असुरक्षित रहेको भन्दै शान्ति सुरक्षाको माग गरेर सातदोबाटो प्रहरी बृत्त पुगेकी छन्। प्रहरीले सिन्धुको निवेदन नै दर्ता गरिसकेको भने छैन। ‘उहाँ (सिन्धु) पतिबाट असुरक्षा भएको भन्दै सातदोबाटो प्रहरी बृत्त पुग्नुभएको रहेछ,’ ललितपुर प्रहरी स्रोतले भन्यो,‘निवेदन नै दर्ता भइसकेको छैन। बृत्तका डिएसपी चित्र भट्टराईको सम्पर्कमा भने हुनुहुन्छ।’

अध्यक्ष राउत भदौ १२ गते पत्नी सिन्धुसँग सम्बन्धविच्छेदको माग गर्दै ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्। उनको त्यो मुद्दा हाल विचाराधीन छ।

प्रकाशित: ३ आश्विन २०८१ १३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App