राजनीति

गणेशमान सिंहको आज २८ औँ स्मृति दिवस मनाइँदै

नेपाली कांग्रेसका संस्थापक गणेशमान सिंहको २८ आज औँ स्मृति दिवस मनाइँदै छ।

दिवसको अवसरमा आज बिहान शोभाभगवतीस्थित गणेशमान सिंहको शालिकमा उनका छोरा समेत रहेका उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह लगायतले माल्यार्पण गरेका छन्।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको महत्वपूर्ण भूमिका रहेको मन्त्री सिंहले बताए।

१९९७ सालदेखि नै राणा शासन अन्त्यका लागि प्रजा परिषद्को सदस्यका रुपमा सक्रिय रहेका सिंहलाई ०४६ सालको जनआन्दोलन पछि प्रधानमन्त्री बन्न आएको अस्वीकार गरेका थिए। वि.सं. १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो।

प्रकाशित: २ आश्विन २०८१ १०:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App