राजनीति

रास्वपाको राष्ट्रिय भेला: सभापति लामिछानेले आज राजनीतिक प्रतिवेदन पेश गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय परिषद्को राष्ट्रिय भेला आजपनि जारी रहने भएको छ।

मङ्गलवारदेखि काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको भेलामा कार्यवाहक महामन्त्री एवम् सङ्गठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए भने  छलफल पनि भयो। पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदनसमेत पेस गरियो भने विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राखिएको थियो।

त्यस्तै आज सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। भेलाले पार्टीको राष्ट्रिय अभियान घोषणा तथा प्रथम महाधिवेशनको मिति तय गर्ने जनाइएको छ।

त्यस्तै प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर आज समूहगत छलफल हुनेछ भने आजै  प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ। त्यस्तै अपरान्ह सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला सम्पन्न हुनेछ।

भेलामा देशभरबाट एक हजार ५०० बढी प्रतिनिधि सहभागी छन्।

प्रकाशित: २ आश्विन २०८१ ०७:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App