राजनीति

स्थानीय र प्रदेशको अधिकार खोस्न कांग्रेस र एमालेकाे सरकार: अध्यक्ष राउत

जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले दुई विपरीत धुब्रमा रहेका कांग्रेस एमाले पार्टी संविधान संशोधनको नाममा प्रदेश र स्थानीय तहको अधिकार खोस्न सरकार बनाएको आरोप लगाएका छन्।

दुई विपरीत दिशामा रहेको पार्टीले सरकार बनाएको भने पनि ती दुई पार्टीले प्रदेश र स्थानीय तहको अधिकार समेत कटौती गरी सिंहदरबारमा लैजान खोजेको उनले बताए।

जनमत पार्टी कपिलवस्तुले तौलिहवामा राखेको प्रशिक्षण तथा दसैँ तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सो कुरा बताएका हुन।

‘संविधान संशोधन गर्ने नाममा दुई ठुला पाटीले सरकार बनाउने कारण स्थानीय तहको अधिकार खोस्न र प्रदेश खारेज गर्न हो’ उनले भने। स्थानीय तह र प्रदेश सरकारलाई बढी अधिकार दिइए केन्द्रीय शासन सत्ता डगमगाउने भएकाले अधिकार खोस्न लागिएको उनले दाबी गरे। स्थानीय तह र प्रदेशको अधिकार अहिले पनि सिंह दरबार कै कन्ट्रोल मै रहेको उनको भनाई छ।

संविधान संशोधन अधिकार दिनका लागि हुन पर्छ , अधिकार खोस्न होइन ’ उनले भने ‘ विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई हामीले खोस्न दिँदैनौ।’  संविधान मार्फत मधेसी मुस्लिम आदिवासीले पाएको अधिकार आफुले खोस्न नदिने भन्दै उनले त्यसका लागि आफूहरू संघर्ष गर्ने बताए। सङ्घीयतालाई बलियो बनाउनु पर्नेमा पंगु बनाएको उनले बताए।

सामाजिक लोकतन्त्रका लागि समेत सङ्घीयतालाई बलियो बनाउनु पर्ने उनले बताए।  उनले प्रदेशको पुनसिमांकन र निर्वाचन क्षेत्रको पुर्न संचारना हुने पर्ने बताए। भाषा र जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण हुनु पर्ने उनले बताए।

प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचन प्रणालीमा हुनु पर्ने उनले माग गरे। आफूहरू संघर्ष र आन्दोलनका लागि तयार रहेको उनले बताए। 

प्रकाशित: १ आश्विन २०८१ १७:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App