राजनीति

प्रतिनिधि सभामा सहकारी ठगीसम्बन्धी छानविन प्रतिवेदन पेस हुँदै

फाइल तस्बिर

प्रतिनिधि सभाको सोमबारको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले आफ्नो प्रतिवेदन पेस गर्ने भएको छ ।  

संसदको सोमबारको कार्यसूचीमा समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले “सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन, २०८१” पेस गर्ने उल्लेख छ ।  

यो पनि पढ्नुहोस्

सहकारी ठगी प्रकरणः रवि निर्दोष देखिएनन, धनराजमाथि थप अनुसन्धान हुने !

समितिले सोमबार बिहानको रातिसम्म बसेर प्रतिवेदनलाई अन्तिमरुप दिएको हो । सोमबार मध्यरातिदेखि संसदको चालु अधिवेशन अन्त्य हुने भएपछि समितिले प्रतिवेदन पेस गर्न लागेको हो ।  

समितिले आफ्नो प्रतिवेदनमा रास्वपा सभापति रवि लामिछाने निर्दोष नदेखिएको निष्कर्ष निकालेको छ । गोरखा मिडिया नेटवर्क सञ्चालनका लागि अध्यक्ष जिबी राई, तत्कालिन प्रवन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले संयुक्त खाता सञ्चालन गरेर सहकारीको रकम अपचलन गरेको निष्कर्ष समितिको छ । 

प्रकाशित: ३१ भाद्र २०८१ १३:३५ सोमबार

#Surya Thapa #Sahakari Chanbin Samiti