राजनीति

संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस

सरकारले संघीय संसदको वर्षे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि अधिवेशन समाप्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

संसद अधिवेशनको आह्वान र अन्त्य मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ। चालु बजेट अधिवेशन वैशाख २८ गतेबाट सुरु भएको थियो।

प्रकाशित: ३० भाद्र २०८१ २१:१५ आइतबार