राजनीति

पठन संस्कृतिबारे बाबुरामको टिप्पणी : कांग्रेसी पढ्दैनन्, कम्युनिस्टले छोडिसके

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले देशमा पठन संस्कृति लोप हुँदै गएको बताएका छन्। 

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुराको जानकारी दिएका हुन । उनले अहिले पठन संस्कृतिको चलन हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले भूमिगत कालमा पञ्चायत विरुद्ध लड्दा कांग्रेस, कम्युनिस्ट सबै जेलमा हुँदा पनि पढ्ने गरेको स्मरण गरे । तर अहिले अध्ययन गर्ने संस्कृति हराइरहेको बताए । उनले कांग्रेसले अध्ययन गर्न छोडिसकेको भन्दै कम्युनिस्टहरू पनि अध्ययनमा रुचि राख्न छोडिसकेको बताए ।

 डा भट्टराईले वैकल्पिक शक्तिहरूले अध्ययनमा केही मेहनत गरे पनि अरण्य रोदन जस्तो हुने गरेको बताए । पूर्व प्रधानमन्त्री समेत रहेको भट्टराईले आर्थिक वृद्धि, सामाजिक न्याय, दिगो प्रकृतिको संरक्षण र मान्छेमा खुसीपना आउनुपर्ने आयाम सहितको विकास आवश्यक रहेको बताए। उनले लोकतन्त्र उन्नत हुँदै जाने प्रक्रिया भएकाले यसको विकास गर्दै अघि बढ्नुपर्ने बताए । उनले समावेशी र सहभागितामूलक लोकतन्त्रमा आधारित समाजवाद आवश्यक रहेको बताए । 

प्रकाशित: २९ भाद्र २०८१ १५:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App