राजनीति

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। दलको कार्यालय सिंहदरबारमा बस्ने बैठक दिउँसो २ बजेका लागि बोलाइएको हो।

पार्टीका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार पछिल्लो राजनीतिक अवस्था, संसद्को कामकारबाही प्रभावकारी बनाउने विषयमा छलफलका लागि संसदीय दलको बैठक बस्न लागेको हो।

प्रकाशित: २८ भाद्र २०८१ ११:३४ शुक्रबार