राजनीति

स्थानीय तह नै समुन्नत नेपालको जग: उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले समुन्नत नेपालका लागि स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताएका छन्।

बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै उनले स्थानीय तह नै समुन्नत नेपालको जग भएको जिकिर गरे।

उनले भने "वास्तवमा समुन्नत नेपालका लागि स्थानीय तह भनेको जग हो। जबसम्म जग बलियो हुँदैन तबसम्म समुन्नत नेपालको परिकल्पना गर्न सकिँदैन। त्यसकारण जग नै बलियो बनाउनका लागि तपाईंहरुले जुन कर्म गर्नुभएको छ। जसरी मेहनत गर्नुभएको छ। जसरी लाग्नुभएको छ। लागैकै र मेहनत गरेकै कारणले नेपाली कांग्रेसले धेरै विधामा उत्कृष्ट हुन सकेको छ। विशेष परिस्थितिमा विशेष ढंगबाट राजनीतिक मेलमिलाप हुने गर्दछन्।" 

उनले जग बलियो नभएसम्म समुन्नत नेपालको परिकल्पना गर्न नसकिने उल्लेख गरे। उपसभापति गुरुङले मुलुक खतरामा परिरहेको बेलामा अहिले दई ठूला राजनीतिक दलहरु मिलेर अस्थिरताको अन्त्य गर्दै सरकार बनाएको उल्लेख गरे।

प्रकाशित: २७ भाद्र २०८१ १८:२३ बिहीबार