राजनीति

‘नेपाल–भारत सम्बन्धलाई कसैले विगार्न खोजे त्याे सम्भव छैन्’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारत सम्बन्धलाई कसैले विगार्न खोजे त्यो सम्भव नभएको बताएका छन्।
मंगलबार संघीय संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको दुबै छिमेकी (भारत र चीन)सँग सम्बन्ध राम्रो भएकोमा खुसी व्यक्त गर्दै अझै सुदृढ र प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे। 

आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा जान लागेको जानकारी गराउँदै ओलीले भने– ‘मेरो भ्रमणमा नेपाल भारत सम्बन्धलाई अझै मजबुद बनाउने विषयमा मेरो प्रयास रहनेछ।’

नेपाल र भारतका बीचमा सदियौदेखिको बहुआयामिक सम्बन्ध रहेको र त्यो मैत्रीपूर्ण भएको उल्लेख गर्दै प्रम ओलीले थपे– ‘कहिले कहिले कसै कसैले त्यो सम्बन्धलाई विगार्न खोजे पनि सम्भव छैन्, फेरि त्यो सप्रिने ठाउँमा आइपुग्छ। स्पष्ट, मैत्रीपूर्ण र विश्वासका साथ आफ्ना हितलाई न्यायोचित राख्यो भने सम्बन्ध सुदृढ हुँदै जान्छ।’

उनले छिमेकीसँग मित्रतापूर्ण, सन्तुलित र पारस्परिक हितको सम्बन्ध हुने स्पष्ट पार्दै मित्रता समानताका आधारमा हुने टिप्पणी गरे।

प्रकाशित: २० चैत्र २०७४ ०९:२५ मंगलबार

नेपाल–भारत सम्बन्धलाई कसैले विगार्न खोजे त्याे सम्भव छैन्