राजनीति

काठमाडौं नछाड्न आफ्ना सांसदलाई कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले आफ्ना सांसदलाई तत्कालका लागि काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ । 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले असोज ३ गतेसम्म काठमाडौं उपत्यका बाहिर नजान आफ्ना सांसदलाई सूचना पठाएका हुन् । उनले जिल्लामा रहेका रहेका सांसदलाई समेत तत्काल काठमाडौं फर्कन निर्देशन दिएका छन् । 

उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हट्न सुझाव दिँदै आएको कांग्रेसको बुधबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको थियो। आचरण अनुसारको कामकारवाही नगरेको प्रस्ताव संसदको दुईतिहाईले पारित गरे उपसभामुख रानाको पद जानेछ । 

सन् २०२३ को फेब्रअरीमा संयुक्त राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा जाने तयारीका क्रममा उपसभामुख रानाले आफूहरुको भिसा अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूताबासलाई पत्र लेखेकी थिइन् । सो क्रममा अपरिचित अन्य व्यक्तिको पनि नाम राखेर भिसा माग गरेको पाइएपछि सत्तारुढ दलहरुले उनीमाथि प्रश्न उठाएका छन् ।

प्रकाशित: २६ भाद्र २०८१ १८:५१ बुधबार

#Nepali Congress