राजनीति

प्रगतिशील इञ्जिनियर्स एसोसिएसनको उम्मेदवार घोषणा, प्रधानमन्त्रीले दिए शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ २७ गते हुने नेपाल इञ्जिनियर्स एसोसिएसनको ३४ औं निर्वाचनमा प्रगतिशील इञ्जिनियर्स एसोसिएसनका उम्मेदवार समूहलाई विशेष शुभकामना दिएका छन्।

इ. प्रा. डा. विष्णुप्रसाद पाण्डे नेतृत्वको समूहको उम्मेदवार घोषणा कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले समूहलाई योग्य र सक्षम ठहर गर्दै यस समूह विजय हासिल गर्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री ओलीले निर्वाचनमा सफलता हासिल गरी मुलुकको विकास अभियानमा अझ सक्रियताका साथ लाग्न पनि आग्रह गरे। उनले भने, "यो समूह केवल चुनावमा उठ्नका लागि मात्र होइन, राष्ट्र निर्माणमा ऊर्जाशील भएर योगदान दिन सक्ने समूह हो। तपाईंहरूले चुनाव जितेपछि विस्तृत रूपमा छलफल गर्न गरौंला।"

प्रकाशित: २५ भाद्र २०८१ १८:५१ मंगलबार