राजनीति

संसदको गरिमा बचाउन उपसभामुखले राजीनामा दिनुपर्छः सांसद गिरी

नेकपा (एमाले) का सांसद पदम गिरीले संसदको गरिमालाई बचाउनका लागि उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले उपसभामुख रानाले संसद बाहिरका व्यक्तिहरुलाई अमेरिका लान आफ्नो लेटरप्याड प्रयोग गरी दुतावासमा पत्र लेख्नुले संसदको गरिमामा आँच पुगेको बताए।

उनले उपसभामुखको कदमले सांसदहरुको शिर निहुराएको र लज्जित बनाएको बताए। उनले उपसभामुखले पदीय मर्यादा अनुरुप काम गर्न नसकेको भन्दै पदबाट राजीनामा दिन आग्रह गरे।

उपसभामुखले संसदको मर्यादा र गरिमालाई कायम राख्न नसकेको उनले बताए। संसदको मर्यादा कायम राख्नका लागि उपसभामुखको राजीनामा आउनुपर्ने उनको भनाई छ। 

प्रकाशित: २५ भाद्र २०८१ १६:४३ मंगलबार

#padam giri