सरकारले पाँचथरको फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा विष्फोटमा परी घाइते भएका दुई बालकको निःशुल्क उपचार गर्ने भएको छ।
सोमवार बसेको मन्त्रीपरिषद बैठकले युद्धकालको बेवारिसे बम विष्फोटमा परी घाइते भएका पवन राई र दिप्सन राईको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो।
पवन र दिप्सनको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा भइरहेको छ।
डाँडागाउँमा यही भदौ १३ गते द्वन्द्वकालको ह्यान्डमेड सकेट बम विष्फोट हुँदा ११ वर्षीय दिप्सन सावा र अढाइ वर्षीया प्रिन्सा सावाको मृत्यु भएको थियो।
सरकारले मृतकका परिवारलाई जनही ५/५ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ।
प्रकाशित: २५ भाद्र २०८१ ०७:५१ मंगलबार