राजनीति

‘नेपाल विश्वविद्यालय विधेयक, २०८१’ प्रतिनिधि सभाबाट पारित

‘नेपाल विश्वविद्यालय विधेयक, २०८१’ प्रतिनिधि सभाबाट पारित भएको छ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सो विधेयक पारित गर्नका लागि राखेकाे प्रस्ताव बहुमतले पारित भएको हो।

विधेयकमा सो विश्वविद्यालयको कार्यालय काठमाडौं उपत्यका बाहिर राख्ने उल्लेख गरिएको छ। प्रतिनिधि सभाको अर्को बैठक भाद्र २५ गते ९मंगलबार० मंगलवार दिउँसो १ बजेका लागि बोलाइएको छ।

प्रकाशित: २४ भाद्र २०८१ १७:०७ सोमबार

#Parliment