राजनीति

मेयर बालेनलाई एमाले सांसद पन्तको आग्रह: ‘जनतालाई मर्का पर्ने काम नगर्नुस्’

फाइल।

सत्तारुढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई जनतालाई मर्का पर्ने काम नगर्न आग्रह गरेका छन्।

सोमबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले जनताको हितमा काम गर्न मेयर शाहलाई सुझाव दिएका हुन्।

उनले काठमाडौंमा थुप्रै विद्यालयहरुको नाम अंग्रेजीमा रहेकामा त्यसलाई नेपालीमा राख्ने भनी मेयर साहले सुरु गरेको अभियान कहाँ पुग्यो ? भनी प्रश्न समेत गरे।

काठमाडौंका विद्यालयहरुको नाम अंग्रेजीमा राखिनु कानून विपरीत भएकाले त्यसलाई नेपालीमा राख्ने अभियान राम्रो भएपनि मेयर शाहले त्यसलाई निरन्तर रुपमा अघि बढाउन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

सांसद पन्तले काठमाडाै‌ंको नदी किनारमा थप २० मिटरसम्म संरचना बनाउन नपाउने सर्वोच्चको फैसला पुनरावलोकनमा जाने सरकारको तयारीको स्वागत पनि गरे। 

उनले भने "मेयरजीलाई पनि के आग्रह गर्न चाहन्छु भने जनताको हितमा कदम चाल्नुस्। राम्रो कुरा गर्नुहोस् न।"

सांसद पन्तले सरकारले र स्थानीय तहले जनताको हितमा केन्द्रित भएर काम गर्नुपर्ने जिकिर गरे।

प्रकाशित: २४ भाद्र २०८१ १६:११ सोमबार