राजनीति

राजदूत नियुक्तिमा सरकारले समावेशी सिद्धान्त अपनाउने छ: परराष्ट्रमन्त्री राणा

परराष्ट्र मन्त्री आरजु देउवा राणाले आगामी दिनमा राजदूत नियुक्त गर्दा समावेशीको सिद्धान्त अवलम्बन गर्ने बताएकी छन्।  

संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा धारणा राख्दै परराष्ट्र मन्त्री राणाले यो पटकको नियुक्तिमा समेत सरकारले समावेशी बनाउने प्रयास गरेको दाबी गरिन्। उनले भनिन्,  ‘अब हुने राजदूतको नियुक्ति समावेशी नै हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु।’

राजदूत नियुक्तिमा महिलालाई पनि सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री राणाले यसमा आगामी दिनमा विशेष प्राथमिकतामा राख्ने बताइन्।

उनले भनिन्,  ‘यसपटक पनि महिलालाई प्रमोट नै गरेको हो तर पनि पर्याप्त भएन भन्ने कुरा आएको छ। यसलाई आगामी दिनमा थप ध्यान दिइने छ।’

प्रकाशित: २४ भाद्र २०८१ १२:५२ सोमबार

#Arju Rana