राजनीति

प्रधानमन्त्री नआउने भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान।

आइतबार हुने भनिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित भएको छ। सम्पूर्ण तयारीका बाबजुद मध्यराति उक्त कार्यक्रम स्थगित गरिएको हो। 

प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नहुने भएपछि समारोह स्थगित गरिएको प्रतिष्ठानका उपकुलपति डाक्टर मङ्गल रावलले जानकारी दिए।

दीक्षान्त समारोह स्थापना भएको १३ वर्षपछि गर्न लागिएको हो। त्यसका लागि सम्पूर्ण तयारी भइसकेको थियो। कार्यक्रममा प्रधानमन्त्री ओलीसहित स्वास्थ्य मन्त्री प्रदीप पौडेल पनि सहभागी हुने थिए।

कार्यक्रमका लागि विभिन्न ठाउँबाट दीक्षित हुने व्यक्ति, सुरक्षा निकायदेखि सरोकारवाला व्यक्तिहरूको समेत जुम्लामा सहभागिता भइसकेको थियो। 

तर एक्कासि प्रधानमन्त्रीको अर्को कार्यक्रम परेकाले नआउने भएपछि कार्यक्रम स्थगित गरिएको बताइएको छ।

प्रकाशित: २३ भाद्र २०८१ ०९:२५ आइतबार

#KP Sharma Oli #Karnali Institute of Health Sciences #Convocation ceremony