राजनीति

गृहमन्त्रीले भने: निर्मला प्रकरणको सुक्ष्म अध्ययन हुन्छ

गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन्।

आज महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्ममेलनमा बोल्दै उनले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताए। ‘यो प्रकरण मैले गमभीरताका साथ लिएको छु यो घटनाको सुक्ष्म ढंगले अनुसन्धान हुन्छ’ उनले भने।

पत्रकार सम्मेलनमा बोल्दै उनले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रुपमा विकास गर्ने पनि बताए। ‘कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ’ उनले भने, ‘“निकट भविष्यमा नै दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा निर्णय भएको छ यसले चीन संग जोड्छ।’

उनले दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्ण गर्न छिमेकी मुलुक भारत तयार रहेको पनि बताए।  ‘दुई तीन महिनाभित्रै सुख्खा बन्दरगाह निमार्णका लागि भारतले टेन्डर आह्वान गर्छ’ गृहमन्त्री लेखकले भने, ‘छिट्टै सुख्खा बन्दरगाहको काम अघि बढ्ने छ।’

पत्रकार सम्मेलनमा उनले संसदमा भएका दुई ठूलादलहरू बीच सहमति भएर नयाँ राजनितिक समीकरण बनेकोले बताउँदै सहमति कार्यान्वयनमा शंका नगर्न आग्रह गरे।

प्रकाशित: २० भाद्र २०८१ ०९:५९ बिहीबार

#ramesh lekhak