राजनीति

​उपयुक्त समयमा उपयुक्त ढंगले पार्टी एकता हुन्छ : प्रम ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच उपयुक्त समयमा उपयुक्त ढंगले पार्टी एकता हुने बताएका छन्।

एमाले प्रचार विभागले सोमबार आयोजना गरेको मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने- ‘दुई पार्टीको एकता प्रधानमन्त्रीको भारत भ्रमण अघि कि पछि ? किन ढिलो भइरहेछ एकता ? एकता भाँडिएको हो कि के हो ? भनेर अनेक हल्ला फिंजाउने काम भइरहेका छन्’, ओलीले भने, ‘निश्चिन्त हुनुहोस हतारोका साथ होइन, जसरी भएपनि होइन, उपयुक्त समयमा उपयुक्त ढंगले पार्टी एकता हुन्छ।’

वर्तमान सरकार विधिको शासन स्थापनाको लागि प्रतिवद्ध रहेको भन्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासका लागि सरकारले सबै प्रकारका प्रयास लगाउने बताए। ‘हामीले राजनीतिक प्रणाली सञ्चालनका बाधा बिरोध टुंग्याएका छौं। राजनीतिक संक्रमणकाल पनि टुंग्याएका छौं’, उनले भने, ‘अब हाम्रो लडाईं गरिबीका बिरुद्ध, पछौटेपनका बिरुद्ध हुनेछ।’

प्रकाशित: १९ चैत्र २०७४ १३:४३ सोमबार

​उपयुक्त समयमा उपयुक्त ढंगले पार्टी एकता हुन्छ प्रम ओली