राजनीति

गृहमन्त्रीको उपस्थितिमा सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकमाथि छलफल

गृहमन्त्री रमेश लेखकको उपस्थितिमा सशस्त्र प्रहरीले सशस्त्र प्रहरी बल, नेपाल सम्बन्धी विधेयक, २०८१ को मस्यौदामा छलफल गरेको छ ।

प्रधान कार्यालय स्वयम्भू हलचोकमा सोमबार भएको छलफलमा १६ वर्षे पेन्सन अवधी, अवकाश उमेर हद, ३० वर्षे सेवा अवधीलगायत विषयमा छलफल भएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललपनि सहभागी छलफलमा निमित्त गृहसचिव नारायणप्रसाद भट्टराईले उद्देश्य र विषयबस्तुमाथि प्रष्ट्याएका थिए ।  

गृहमन्त्रालय कानून महाशाखाका सह–सचिव भरतमणी रिजाल र सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक युवराज अर्यालले विधेयकको मस्यौदा प्रस्तुति दिएका थिए । 

सशस्त्र प्रहरीका उच्चअधिकारीसहितको उपस्थिति रहेको उक्त छलफलमा गृह मन्त्रालयका पदाधिकारी, तथा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको सहभागिता थियो । 

प्रकाशित: १७ भाद्र २०८१ १८:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App