राजनीति

विकासमा छुटेको कर्णालीलाई अब रास्वपाले जोड्छ: लामिछाने

फाइल।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सदैव विकासमा छुटेको कर्णालीलाई अब आफ्नो पार्टीले जोड्ने बताएका छन्।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वीरेन्द्रनगरमा आज (शनिबार) आयोजित कर्णाली विशेष अभियानको प्रदेश भेलामा सभापति लामिछानेले कर्णालीले पटकपटक नेताहरुलाई जिताएर सिंहदरबार पठाए पनि ती जनप्रतिनिधहरुले आफू र आफ्नालाई बनाउनेबाहेक अरू केही नगरेको टिप्पणी गरे।

उनले भने, “कर्णालीले जितेन, सधैँ हार्‍यो। अब विकासमा जोड्नका लागि आगामी चुनावमा यसले रास्वपालाई सबैभन्दा बढी मत दिएर जिताउँछ भन्ने अपेक्षा गरेको छु।”

राजनीतिमा आँट, तागत र ढङ्ग हुन आवश्यक रहेको बताउँदै सभापति लामिछानेले आगामी निर्वाचनमा पुराना नेताहरुलाई स–सम्मानका बिदा गर्ने जिकिर गरे।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका उनले भने, “विकासमा कर्णाली छुट्यो तर यसले चुनेर पठाएका एक-एकका परिवार गोरु बेचेको साइनो परेको मान्छे सबलाई पुगेको छ, कोही छुटेको छैन्।”

घण्टीसँगै जिम्मेवारी, जनताको ‘एजेन्डा’ बोकेर अगाडि बढेको रास्वपालाई ०८४ को चुनावमा कर्णालीले सबैभन्दा बढी मत दिने उनले दाबी गरे।

प्रकाशित: १५ भाद्र २०८१ २१:११ शनिबार