राजनीति

पोखरा महानगरमा फेसबुक प्रतिबन्ध

पोखरा – पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक बन्द गरिएको छ।

मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि प्रमुख मानबहादुर जिसीको निर्देशनमा कार्यालय समयमा फेसबुक बन्द गरिएको हो।

बिहान १०ः१५ देखि ४ बजेसम्म महानगरको कार्यालयमा जोडिएको इन्टरनेटबाट फेसबुक नचल्ने बनाइएको सूचना प्रविधि अधिकृत अशोक द्वारेले जानकारी दिए।

उक्त समयमा फेसबुक नचल्ने बनाइएको छ। व्यक्तिसँग भएको निजी मोबाइल डाटाबाट फेसबुक चल्न सक्ने भएकाले, तोकिएको समयमा कर्मचारीले फेसबुक चलाएको पाइए तत्काल कारबाही गरिने प्रमुख जिसीले बताए। इन्टरनेटको राउटरमै फेसबुकको वेबसाइट ब्लक गरिएको हो। रासस

प्रकाशित: १९ चैत्र २०७४ ०६:११ सोमबार

पोखरा महानगरमा फेसबुक प्रतिबन्ध