राजनीति

खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्न संसद् बैठक बस्दै

काठमाडौं -  संघीय संसद्काे दुवै सदनकाे बैठक अाज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक २ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएकाे छ।

दुवै सदनको बैठकबाट पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेकाे छ । शोक प्रस्तावबाहेकका कार्यसूचीमा भने आज छलफल नहुने संसद् सचिवालयले जनाएको छ।

 

प्रकाशित: १९ चैत्र २०७४ ०४:१४ सोमबार

खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्न संसद् बैठक बस्दै