राजनीति

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक बोलाएका छन्।

शनिवार विहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको बुझिएको छ।

१६ भदौमा बस्ने केन्द्रीय समिति अघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति खोज्न सभापति देउवाले शीर्ष नेताहरूको बैठक बोलाएका हुन्।

सभापति देउवाले प्रतिवेदनबारे मङ्गलवार र विहीवार उपसभापति र महामन्त्रीसँग छलफल गरेका थिए। तर, छलफलमा सहमति जुट्न नसकेपछि पदाधिकारी बैठक बोलाइएको हो।

प्रकाशित: १३ भाद्र २०८१ १३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App