राजनीति

दुई तिहाइको सरकारलाई ठूलो घण्टी बजिसक्यो: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारलाई सच्चिनु र सुध्रिनुको विकल्प नरहेको बताएका छन्। 

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले राजनीतिलाई अहिले आम नागरिकहरुले चासोका साथ हेरेको पनि बताए। उनले अब जे पनि चल्दैन भन्नेकुरा नेतृत्व तहलाई ज्ञात हुनुपर्ने बताए। हरेक ठाउँमा युवा पुस्ताहरुले हस्तक्षेप शुरु गरेको भन्दै आम नागरिकले पनि हस्तक्षेप गर्न शुरु गरे भन्ने संकेत देखिएको बताए।

उनले भने, ‘आम नागरिकले चासोका साथ राजनीतिलाई हेरेका छन्। अब जे पनि चल्दैन भन्नेकुरा जुन शुरुवात भएको थियो, हरेक ठाउँमा हस्तक्षेप शुरु भएको छ। राजनीतिक रुपमा हामीले हस्तक्षेप गर्न आयौँ। अब आम नागरिकले पनि हस्तक्षेप गर्न शुरु गरे भन्ने संकेत दिएको छ। जनता जागिरहेका छन्। अब जनताले हरेक चिज हेरिरहेका छन्। सच्चिनु र सुध्रिनु बाहेक केही छ्रैन। दुई तिहाईको सरकारलाई यो भन्दा ठूलो घण्टी अरु बज्दैन। ढाकछोप गर्नेतिर जानु भएन।’  

प्रकाशित: ११ भाद्र २०८१ १७:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App