राजनीति

अखिल क्रान्तिकारीले भन्यो: भ्रष्टाचारमा हदम्याद मान्य हुँदैन

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भ्रष्टाचारमा हदम्याद मान्य नहुने बताएको छ।

सोमबार अखिल क्रान्तिकारीको अध्यक्ष, पंचा सिंह एक विज्ञप्ति जारी गर्दै  भ्रष्टाचार हदम्याद मान्य नहुने बताएकी हुन्।

'संसदीय मूल्य मान्यता मिच्दै बनेको संसद्का दुई ठूला दल कांग्रेस र एमालेको सत्ता गठबन्धन अघिल्लो सरकारले भ्रष्टाचार विरुद्ध चालेको कदमको श्रृंखलामा ब्रेक लाइगाउँदै भ्रष्टचारीहरुको संरक्षणमा उत्रिएको  प्रतीत हुन थालेको छ ।  यसप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ', विज्ञप्तिमा उल्लेख छ।

भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेकाहरूलाई  कानूनी रुपमै उन्मुक्ति दिने उद्देश्य राखिएको पनि भनिएको छ। विज्ञप्तिमा भनिएको छ, 'भ्रष्टाचारीलाई  मृत्युपछि पनि मुद्दा चलाउन सकिने भ्रष्टाचार निवारणसम्बन्धी ऐन २०५९ को  प्रावधान संशोधन गरेर हदम्याद राख्न सरकारले अघि बढाएको विधेयक र तयारीले यो कुरा स्पष्ट सङ्केत गरेको छ ।  भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेका निकटस्थहरूलाई कानूनी रुपमै उन्मुक्ति दिने उद्देश्यले आएको प्रस्ताव र तयारीको अखिल (क्रान्तिकारी) खेद प्रकट गर्दछ।'

बहुमतको आधारमा कानुनमाथि खेलबाड गर्ने कार्यमा तुरुन्त रोक लगाउन पनि क्रान्तिकारीले माग गरेको छ। 'बहुमतको बलमा भ्रष्टाचारी चोख्याउने कानुन र  आधार बनाउन खोजिन्छ भने अखिल (क्रान्तिकारी) त्यसको कडा प्रतिवाद गर्न तयार छ । साथै यसबाट उत्पन्न हुने परिस्थितिको सामना गर्न तयार रहन पनि सरकारलाई चेतावनी दिन चाँहन्छौं,' विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित: १० भाद्र २०८१ १४:३९ सोमबार

#Pancha Sing