राजनीति

कृषिमन्त्रीको घोषणा: किसानलाई ‘किसान कार्ड’, छ्याङ र घरेलु मदिरा ‘ब्रान्डिङ्ग’

कृषिमन्त्री रामनाथ अधिकारीले किसानको वर्गीकरण गरी ‘किसान कार्ड’ वितरण गर्ने घोषणा गरेका छन्। आइतबार पत्रकारसँग भेटघाट गरी कृषिमन्त्री अधिकारीले कृषि क्षेत्रको उत्थानमा आफ्ना अजेन्डा राख्दै ‘किसान कार्ड’ वितरणको योजना सार्वजनिक गरेका हुन्।

‘कृषकको वर्गीकरण गरी किसान कार्ड वितरण गरिनेछ,’ पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले भने, ‘साथै किसानलाई प्रोत्साहन गर्न अनुदानलाई किसान सूचीकरणसँग जोडी प्रभावकारी बनाइनेछ।’

यस्तै, कोदोबाट उत्पादन हुने छ्यांङ तथा घरेलु मदिराको रोक लगाउने प्रवृत्ति अन्त्य गर्ने मन्त्री अधिकारीले बताए। ‘विदेशबाट करोडौंको मदिरा खरिद गर्ने तर, कोदोबाट उत्पादन हुने छ्याङ तथा मदिराको स्थानीय उत्पादनलाई रोक लगाउने परिपाटीको अन्त्य गर्नुको साथै कोदोबाट बन्ने परिकारलाई स्वास्थकर र गुणस्तरीय उत्पादन तथा बजारीकरणका लागि उद्योग मन्त्रालयसँग समेत समन्वय गरिनेछ,’ मन्त्री अधिकारीले भने।

स्वदेशी उत्पादन कोदो, फापर, गहत, चिनो, कागुनोजस्ता रैथाने उत्पादन एवम् मही, पनिर जस्ता दुग्धजन्य उत्पादनहरुलाई मन्त्रालयले प्रोत्साहन गर्ने नीति बनाएको पनि मन्त्री अधिकारीले बताए।

थप के के भने ? पढ्नुहोस्

प्रकाशित: ९ भाद्र २०८१ १८:४५ आइतबार