राजनीति

नेकपा एसको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ।

बैठक काठमाडौंको थापागाउँस्थित एक बैंक्वेटमा बिहान ११ बजेबाट सुरू हुने बताइएको छ।

बैठकमा तीन वटा कार्यसूची तय गरिएको पार्टी स्रोतले बताएको छ।

बैठकमा नवनियुक्त केन्द्रीय सदस्यहरूलाई पथ तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यसूची रहेको छ भने केन्द्रीय संरचनाहरूको निर्माण गर्ने कार्यसूची रहेको पनि तय गरिएको छ।

११ गतेसम्म चल्ने बैठकमा बाँकी पदाधिकारी, केन्द्रीय निकायहरू गठन गर्न बाँकी रहेकोबारे पनि छलफल हुने बताइएको छ।

प्रकाशित: ९ भाद्र २०८१ ०७:१२ आइतबार

#ekikrit_samajbadi