जनता समाजवादी पार्टी (जसपा) नेपालले युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्न जसपा नेपालको माग गरेको छ।
जसपा नेपालले बेरोजगारी समस्या हल गर्नका लागि राज्यलाई आवश्यक पूँजी, तालिम, बजार लगायतका आवश्यक कार्यक्रमहरूसँगै योजना निर्माण गरी प्रत्येक पालिकाहरूमा युवा स्वरोजगार कार्यक्रम सञ्चालनको व्यवस्था गर्न माग गरेको हो।
जसपा नेपालले सिप र अनुभव प्राप्त गरी वैदेशिक रोजगारबाट फर्किएर आएकाहरूले स्वदेशमै व्यवसाय सञ्चालन गर्न सक्ने गरी राज्यले आवश्यक व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याएको छ।
साथै पार्टीले बेरोजगार युवाहरूको लागि बेरोजगारी भत्ताको व्यवस्था गर्नुपर्ने कुरामा जोड दिएको छ।
प्रकाशित: ७ भाद्र २०८१ १३:३८ शुक्रबार