राजनीति

टिकटकमा लगाएको प्रतिबन्ध हटाउने मन्त्रिपरिषद्को निर्णय

सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको  प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकार प्रवक्ता पृथ्बीसुब्बा गुरुङले शर्तसहित टिकटक खोल्न दिने मन्त्रिपरिषद्को निर्णय भएको  बताए ।

सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन गत साउन २४ गते सञ्चार मन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनका आधारमा सञ्चार मन्त्रालयले प्रस्ताव तयार गरेको हो।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले गत वर्ष कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।

प्रकाशित: ६ भाद्र २०८१ २०:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App