राजनीति

भौतिक मन्त्रीको प्रश्न: कमला नदीको पुल भासियो, यसको जिम्मा कसले लिने ?

भौतिक पूर्वाधार र यातायात मन्त्री देवेन्द्र दाहाल कमला नदिमा बनेको पुल भासिएको र यसको जिम्मा कसले लिने भन्नेमा प्रश्न उठेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभामा सांसदहरूले शून्य, आकस्मिक र विशेष समयमा उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले सो कुरा बताएका हुन्।

उनले भने, 'कमला नदीको पुलको डिजाइन र निर्माण गर्ने विधिबाट ठेक्का लागेको हो। त्यो बनाइसकेको पुल दुवैतिर भासिएको छ। त्यसको जिम्मा कसले लिने भने छ। त्यहाँ कन्सल्टेन्ट होला डिजाइन गरेको होला, इन्जिनियरले डिजाइन गरेका होलान्। त्यो सबै गर्दा पनि किन पुल भासियो भन्ने छ। त्यहाँ अहिले निर्माण कम्पनी र इन्सुरेन्सबीच लफडा छ। कम्पनीले इन्सुरेन्सबापत १२ करोड क्लेम गरेको छ तर इन्सुरेन्सले दुई करोड मात्र दिन्छु भनेको छ। मैले निर्माण व्यवसायीको प्रतिनिधि र आयोजना प्रमुखलाई बोलाएर छलफल गर्ने छौँ।'

प्रकाशित: ६ भाद्र २०८१ १५:०९ बिहीबार

#Devendra Dahal