राजनीति

भ्रष्टाचार निवारण विधेयक गम्भीर र संवेदनशील विषयः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण सम्बन्धी विधेयक गम्भीर संवेदनशील विषय भएकाले छिटो टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उक्त विधेयकमाथिको छलफलमा सहभागि हुँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।

‘भ्रष्टाचार निवारण सम्वन्धी ऐनको महत्व छ। यो गम्भीर र संवेदनशिल विषय हो,’ गृहमन्त्री लेखकले भने,‘चाँडो भन्दा चाँडो समिति र सभाबाट पनि पारित भएर लागू गर्न सकियोस भन्ने आग्रह गर्दछु।’

विधेयकमाथि हालसम्मको छलफलमा केही महत्वपूर्ण विषयहरू पहिचान पनि भइसकेको गृहमन्त्री लेखकले बताइ। त्यसमा ‘हदम्याद’को कुरो गम्भीरताका साथ उठेको र ‘स्वार्थ बाझिएको’ विषय के गर्ने ? भन्ने विषय पनि उठेको बताए।

‘यी विषयका पहिचान भइसकेपछि अब सम्मानित समितिले चाँडो भन्दा चाँडो यी विषयहरुका बारेमा दफावार छलफलमा गएर यी विषयहरु जुन/जुन विषयसँग सम्बन्धित छन् त्यो दफामा निर्णण गरेर निष्कर्शमा पुग्नुपर्छ।  दफावार छलफलमा प्रवेश गरेपछि सरकारले धारणा राख्छ,’ उनले भने। छलफलका क्रममा सरकारले आफ्नो धारणा र विषय राखे पनि  अन्तिम निर्णय गर्ने अधिकार समितिकै भएको गृहमन्त्री लेखकले बताए।

प्रकाशित: ५ भाद्र २०८१ १४:३५ बुधबार

#Ramesh Lakahk