राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठकमा मङ्सिरमा प्रस्ताव गरिएको स्थानीय तहको उपनिर्वाचनमा सहभागिताबारे छलफल हुने बताइएको छ।
बैठकमा विभिन्न १० वटा एजेण्डमा छलफल हुने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। यस्तै,बैठकमा पार्टी अनुशासन आयोगले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ।
यस्तै समसामयिक राजनीति र पार्टी गतिविधिबारे छलफल हुनेछ। संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन, केन्द्र तथा सातै प्रदेशमा विधान संशोधन, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ।
निर्वाचन आयोगले मंसिरको दोस्रो हप्तातिर उपनिर्वाचन गर्दा ठिक हुने प्रस्ताव सरकारसमक्ष गरेको छ।
प्रकाशित: ५ भाद्र २०८१ ०८:२० बुधबार