राजनीति

परराष्ट्रमन्त्री आरजु राणा र भारतीय विदेशमन्त्री एस. जयशङ्करबीच भेटवार्ता

भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस।जयशङ्करबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ।

सोमबार दिउँसो उनीहरूबिच भेटवार्ता भएको हो। भारतीय विदेशमन्त्री एस जयशङ्करले मन्त्री डा.राणालाई स्वागत गरेका थिए।  

सो भेटका क्रममा उनीहरुबीच द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको थियो।

भारतीय विदेशमन्त्री एस।जयशङ्करको निमन्त्रणामा मन्त्री डा राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी हुन्। यो उहाँ परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो। मन्त्री डा राणा यही भदौ ६ गते स्वदेश फर्कँदै छिन्।

प्रकाशित: ३ भाद्र २०८१ १४:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App