राजनीति

देशको राजनीति पेचिलो अवस्थामा छः पर्यटनमन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देशको राजनीति पेचिलो अवस्थामा रहेको बताएका छन्।

आईतवार काठमाडौंमा आयाजित एक कार्यक्रममा बोल्दै उनले देशको राजश्वले चालु खर्च नधान्ने भइसकेको बताए।

उनले एक अर्ब राजश्व उठ्दा दिनमा दुई अर्ब खर्च हुने गरेको भन्दै लिएको ऋणको सावाँ ब्याज तिर्न नसक्ने र तिर्दा पनि पुँजीगत खर्च भन्दा बढी आकार भएको अवस्था विद्यमान रहेको उल्लेख गरे।

उनले राजनीति, शैक्षिक क्षेत्र, निजी क्षेत्रमा भएका विकृति र विसंगतिको अन्त्य गर्नुपर्ने बताए।

मन्त्री पाण्डेले सबैभन्दा माथि जनता रहेकाले जनताको अपेक्षाअनुसार काम गर्नुपर्ने बताए।

उनले सबै मिलेर विकृतिको अन्त्य गरी असल बाटोमा मुलुकलाई लैजाने प्रतिवद्धता व्यक्त गरे ।

रचनात्मक र सिर्जनशिल बाटोबाट मुलुक निर्माण गर्नुपर्ने बताए।

प्रकाशित: २ भाद्र २०८१ १३:२४ आइतबार

#badri pandey