राजनीति

बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउन सक्रिय प्रधानमन्त्री पत्नी

प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउन सक्रिय भएकी छिन्।

बालुवाटारमा खाली रहेको पुस्तकालय कोठालाई पिपुल्स लाइब्रेरी बनाउने प्रस्ताव पत्नी राधिकाबाट आएपछि प्रधानमन्त्री ओलीले सबैलाई पुस्तकालय बनाउनका लागि सघाउन आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले त्यहाँ पुस्तक राख्ने ६० वटा तख्ता रहेको र राम्रोसँग मिलाएर राख्दा १२ सयदेखि २ हजारसम्म पुस्तक अटाउने बताएका छन्। साथै पत्नी राधिकाको सुझाव अनुसार त्यहाँ सबैले पढेर मन पराएका पुस्तकहरू राख्न आग्रह गरेका हुन्।

लेखकले हस्ताक्षर गरेर दिएका र पाठकले मन पराएर हस्ताक्षर गरी पठाएका पुस्तक यस पुस्तकालयमा राख्ने व्यवस्था गरिएको प्रधानमन्त्री ओलीले बताएका छन्।

उनले भने, ‘तपाईंहरू पनि पिपुल्स लाइब्रेरीका लागि आफूले लेखेका पुस्तक वा आफूलाई मन परेका पुस्तक बालुवाटारमा आएर दिन सक्नुहुन्छ। त्यसका लागि राधिकाले हप्तामा ६ दिन एक एक घन्टाको समय छुट्याउने कुरा भएको छ।’

प्रकाशित: ३२ श्रावण २०८१ ०७:२४ शुक्रबार

#KP Sharma Oli #radhika shakya #Baluwatar