संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक राष्ट्रियसभामा टेबल भएको छ।
बिहीबारको राष्ट्रिय सभा बैठकमा सचिव सुरेन्द्र अर्यालले टीआरसीसम्बन्धी विधेयक टेबल गरेका हुन्।
प्रतिनिधि सभाले बुधबार उक्त विधेयक बहुमतबाट पारित गरेको थियो।
प्रकाशित: ३१ श्रावण २०८१ १६:५३ बिहीबार