राजनीति

ओलीसँग दाहालको डरः अगुल्टाले हानेको कुकूर बिजुली चम्कदाँ तर्सिन्छ !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली निकै अविश्वसनीय पात्र रहेको टिप्पणी गरेका छन्।

बुधबार प्रतिनिधिसभामा प्रस्तुत बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप ९तेस्रो संशोधन० विधेयक २०७९’ माथि छलफलमा बोल्दै दाहालले यस्तो संशय व्यक्त गरेका हुन्।

सम्बोधनका क्रममा दाहालले संविधान संशोधनको विषयलाई लिएर संशय व्यक्त गरेका थिए। उनले कांग्रेस–एमाले मिले ‘बहुदलीय प्रतिस्पर्धाको ठाउँमा कतै दुईदलीय बनाउने त होइन ?’ भन्दै प्रश्न उठेको बताएका थिए।

‘...प्रश्न उठेको छ। अहिले यहाँ प्रधानमन्त्रीले त्यो होइन, बहुदलीय नै हो भन्नुभो,’ दाहालले भने, ‘बडो आशंकाको स्थिती छ। तर, उहाँले आज जे बोल्नुभो त्यो त्यही नै साबित होस्, यही अपेक्षा गर्छु।’

तर विश्वास गर्न सकिने अवस्था भने नरहेको दाहालले बताए। उनले भने, ‘तर म के देखि तर्सेको के, के देखि पनि झस्किन्छ भन्याझैँ अवस्थामा छु।’ उनले यो ‘अगुल्टाले हानेको कुकूर बिजुली चम्कदाँ तर्सिन्छ’ भन्ने उखानलाई लक्षित गरेका थिए। ‘उहाँले हुन्छ भने हुन्न र हुन्न भनेपछि हुन्छ भन्ने बुझ्नुपर्ने अवस्था छ,’ उनले भने।

प्रकाशित: ३० श्रावण २०८१ १४:४८ बुधबार

#puspakamal dahal #KP Sharma Oli