राजनीति

कुनैपनि बेला नेपालमा बंगलादेशको अवस्था आउनसक्छ, सजग रहनुस्ः नेता कोईराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्। 

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्।

उनले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि सो दुर्घटना आइपरेको भन्दै नेपालमा सोही अवस्था आउनसक्नेतर्फ सचेत गराए। उनले दुई तिहाईको सरकार भएको देशमा समेत प्रधानमन्त्री देश बाहिर भाग्नुपरेकोबारे अवगत गराए।

सरकारले २४ वर्षपछिका युवाहरुलाई कसरी समेटेर राख्ने, कसरी रोजगारीका अवसर सिर्जना गर्ने  भन्नेबारेमा सोच्नुपर्ने जरुरी रहेको उनको भनाइ छ।

उनले भने, ‘सरकारले २४ वर्षपछिका युवाहरुलाई कसरी समेटेर राख्ने, कसरी रोजगारीका अवसर सिर्जना गर्ने रु त्यसबारेमा सोच्नुपर्छ। सरकारले खर्च गरिरहेको छ तर ठिक ठाउँमा गइरहेको छैन। ठिक ठाउँमा पु¥याउन दबाब दिनुहोला। हाम्रो छिमेकी मुलुक बंगलादेश जहाँ दुई तिहाईको सरकार थियो। जहाँको ग्रोथ ११ प्रतिशतले बढिरहेको थियो, अचानक घटना भयो। प्रधानमन्त्रीले देश नै छोडेर हिँड्नुपर्ने स्थिति आयो। यो सामान्य घटना होइन। नेपालमा आर्थिक अवस्था जर्जर छ। राजश्व उठ्छ १०÷११ खर्ब, चालु खर्चमा १२÷१३ खर्ब हुन्छ। ऋण लिएर हामी चालु खर्च चलाइरहेका छौँ। तर बंगलादेशको त्यो होइन। बंगलादेशको त ११ प्रतिशतले आर्थिक वृद्धि भइरहेको थियो, दुई तिहाईको सरकार थियो । त्यस्तो देशमा त यो अवस्था आयो भने नेपालमा कुनैपनि बेला केही हुनसक्छ, त्यतातिर पनि शतर्क हुनुस्। किनभने सामाजिक सञ्जाल अहिल् एकदम एग्रेसिपली विश्वमा आइरहेको छ, त्यसले धेरै विसंगति पनि निम्त्याइरहेको छ।’

प्रकाशित: २९ श्रावण २०८१ १७:२१ मंगलबार

#shekhar koirala