राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जलनसम्बन्धी गैरसरकारी विधेयक संसदमा दर्ता गर्ने भएको छ।
जलनसम्बन्धी गैरसरकारी विधेयक दर्ताको तयारीमा रहेको रास्वपाले अन्तिम छलफल गरिरहेको र आजै दर्ता गर्ने प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
उनले भने, ‘रास्वपाले जलनसम्बन्धी एउटा विधेयकको तयारी गरेको छ। त्यो विधेयकको अन्तिम छलफल चलिरहेको छ। त्यो आज हामी टुंग्याउँछौं। अर्को, संसदको कानुन समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मतिले टुंग्याएको छ।
विद्युतको बक्यौतासम्बन्धी विषयलाई संसदमा जोडतोडका साथ उठाउने पनि उनले बताए। त्यस्तै भ्रष्टाचारमा हदम्याद राख्ने कुराको विरोध गर्ने निर्णय गरेको छ।
प्रकाशित: २९ श्रावण २०८१ १२:२६ मंगलबार