राजनीति

चार संसदीय समितिको बैठक बस्दै, प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ आजबाट

आज चार वटा संसदीय समितिको बैठक बस्दै छ। संसद सविचालयका अनुसार बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने छ। बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणको लागि अनिवार्य शर्त रहेका  सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा छलफल हुनेछ।

यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुनेछ।

दिउँसो १ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भूकम्प प्रभावित क्षेत्रको अनुगमन प्रतिवेदनमाथि छलफल हुने बताइएको छ। त्यस्तै मध्यान्ह सवा १२ बजे बस्ने संसदीय सुनुवाई समितिको बैठकमा प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रारम्भ हुनेछ। 

प्रकाशित: २९ श्रावण २०८१ ०८:३५ मंगलबार