राजनीति

मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन्।

शाहले सोमबार प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन भनेका हुन्।  

शाहले बुधबार विश्वासको मत लिनेगरी पत्र पठाएको सुदूरपश्चिम प्रदेशसभा सचिवालयले जनाएको छ।

शाह एमालेको समर्थनमा गत साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रकाशित: २८ श्रावण २०८१ १४:४५ सोमबार

#Kamal Bahadur Shaha #Sudurpachim Province