राजनीति

बंगलादेशमा हिन्दूहरूमाथि भैरहेको आक्रमण अन्त्य गर्न राप्रपा नेपालको माग

राप्रपा नेपालले बंगलादेशमा धार्मिक आस्थाका आधारमा हिंसा भएको भन्दै त्यसको विरोध गरेको छ। शनिबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले एक विज्ञप्ति जारी गरी सो हिंसात्मक गतिविधिको विरोध गरेका हुन्।

‘आन्दोलनको बलमा सत्ता परिवर्तन भैसकेपछि पनि हिन्दूहरूमाथि अमानवीय र निर्मम आक्रमण हुनु तथा मन्दिरहरुमा तोडफोड गरिनु मानव अधिकारको ठाडो उल्लंघन हो। धार्मिक आस्थाको आधारमा भएका हिंसाको राप्रपा नेपाल घोर भत्सर्ना र विरोध गर्दछ,’ विज्ञप्तिमा  भनिएकाे छ।

अध्यक्ष थापाले हिंसात्मक प्रदर्शनको क्रममा हिन्दुहरूमाथि संगठित आक्रमण भैरहेको समाचारले विश्वभरका सनातन धर्मावलम्बीहरूलाई स्तब्ध बनाएको समेत बताएका छन्।

बंगलादेशका जनताले बिभिन्न मागहरु राखेर गरेको आन्दोलनकाबारेमा आफूहरुको भन्नु केही नभएको र त्यो उनीहरुको अधिकार भएको उनकाे भनाइ छ। तर, धार्मिक आस्थाको आधरमा गरिने हिंसाप्रति सचेत विश्व समुदाय मौन रहन नसक्ने उनले बताए। 

 

प्रकाशित: २६ श्रावण २०८१ १२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App