जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहलाई स्पष्टीकरण सोधेको छ। पार्टीसँग समन्वय नै नगरी मन्त्रालय बाँडफाँट गरेको भन्दै शुक्रबार मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधिएको पार्टी प्रवक्ता डा. शरतसिंह यादवले जानकारी दिए।
‘उहाँले पार्टीसँग समन्वय नै नगरी सत्ता साझेदार दलसँग मन्त्रालय बाँडफाँट गर्नुभयो, राज्यमन्त्री थपे,’ प्रवक्ता यादवले भने,‘यो विषयमा पार्टीको ध्यानाकर्षण भएपछि स्पष्टीकरण सोधिएको छ।’ पार्टीले परिणाम देखिने गरी जनताको हकहितमा काम गर्न मन्त्रीहरूलाई ध्यानाकर्षण गराए पनि कामभन्दा अनावश्यक उद्घाटन गर्दै समय खर्चिएको देखिएको पनि उनले बताए।
‘पार्टीले दिएका निर्देशनहरू बेवास्ता गरेको, बजेट बनाउने क्रममा माननीयहरूलाई पाँच करोड दिने विवादास्पद अभिव्यक्ति दिई जनमत पार्टीको छविमा बारम्बार आँच पु¥याएको भन्ने पनि कुरा आएको छ,’ यादवले भने,‘यी विषय पनि स्पष्टीकरणमा समेटिएका छन्।
प्रकाशित: २५ श्रावण २०८१ १३:२८ शुक्रबार