राजनीति

टिआरसी विधेयकमा सहमति नयाँ सरकार बने पछिको राम्रो काम: अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक चालु अधिवेशनबाटै टुङ्ग्याउन आग्रह गरेका छन् ।

बुधवार सिंहदरबारमा टिआरसी सम्बन्धी विधेयक टुङ्ग्याउन गठित कार्यदलले तयार पारेको प्रतिवेदन बुझ्दै उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक टुङ्ग्याउने काम सकारात्मक रहेको बताएका हुन ।

उनले यस कामलाई नयाँ सरकार गठन भएपछिको राम्रो कामका रुपमा समेत चित्रण गरे । उनले लामो समयदेखि छलफलमा रहेको र सहमतिको नजिक पुगेर पनि निष्कर्ष दिन कठिन भएको विषय अहिले टुङ्गिनु खुसीको कुरा भएको बताए । उनले पीडित मैत्री बनाउँदै निष्कर्षमा पु¥याइनु अर्को राम्रो पक्ष भएको बताए । 

उनले भने, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा अहिले कार्यदलले एउटा समmदारीका साथ प्रतिवेदन बुझाएको छ । म कार्यदललाई विशेष रूपले धन्यवाद भन्न चाहन्छु । लामो समयदेखि छलफलमा रहेको सहमतिको नजिक पुगेर पनि निष्कर्ष दिन कठिन भएको यो विषय अहिले जुन मेहनत र स्पिरिटका साथ कार्यदलले मान्य गृहमन्त्री रमेश लेखकले भनेको जस्तो अरुको पनि सहयोग लिएर धेरै छलफल गरेर पीडित मैत्री बनाउँदै निष्कर्षमा पु¥याइएको छ । यो राजनीतिक नेतृत्वका लागि मात्रै होइन, शान्ति स्थिरताको पक्षमा रहेका नागरिकको लागि खुसीको कुरा हो । नयाँ सरकार गठन भएपछिको यसलाई एउटा राम्रो काम भन्ने ठान्छु र सरकारलाई पनि धन्यवाद भन्न चाहन्छु ।’

अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई अब ढिलो गर्नु हुँदैन भन्ने लक्ष्यका साथ कार्यदल बनाएको बताए । उनले कार्यदलले धेरै मेहनत गरी निष्कर्षमा पुराएको बताए । अब वैधानिक प्रक्रियाबाट संसदको समिति र संसदमा चालु अधिवेशनबाटै टुङ्ग्याउन आग्रह गए। 

प्रकाशित: २३ श्रावण २०८१ १६:२२ बुधबार

#Truth and Reconciliation Bill #CPN (Maoist Center) #Former Prime Minister Pushpa Kamal Dahal