राजनीति

मधेस प्रदेशका नवनियुक्त राज्यमन्त्रीद्वारा शपथग्रहण

मधेस प्रदेशका नवनियुक्त राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

मंगलवार प्रदेश प्रमुखको कार्यालय जनकपुरधाममा आयोजित समारोहमा मुख्यमन्त्री सतिशकुमार सिंहले राज्यमन्त्रीहरूलाई शपथ गराएका हुन ।

यसअघि मुख्यमन्त्री सिंहले मंगलवार नै थप ५ राज्यमन्त्री नियुक्त गरेका थिए। नेकपा एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री मा मो जयद आलम, नेपाली काँग्रेससबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा रेखा ठाकुर, उर्जा, सिँचाइ, सरसफाई तथा खानेपानी राज्यमन्त्रीमा निलमकुमारी रजकलाई नियुक्त गरेका हुन ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा रामबाबु यादव र जनमतबाट उद्योग पर्यटन राज्यमन्त्री शम्भु साह नियुक्त भएका छन् । योसँगै मधेस सरकारको मन्त्रिपरिषद २० सदस्यीय बनेको छ । 

प्रकाशित: २२ श्रावण २०८१ २०:१० मंगलबार

#Madhes Province #Chief Minister Satish Kumar Singh